Rumpum Advertisement

पूर्ण र मेलिनाको ‘सोल्टिनी’ सार्वजनिक

Neuro
पूर्ण र मेलिनाको ‘सोल्टिनी’ सार्वजनिक

काठमाडौँ/गायक पूर्ण लिम्बू र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । प्रेम कृष्ण बजगाईंको शब्द तथा सङ्गीत रहेको गीतमा शिलाबहादुर मोक्तानको सङ्गीत संयोजन रहेको छ ।

मिलन चाम्सले निर्देशनमा बनेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङको अभिनय छ । सुदीप बरालले छायाङ्कन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गिरिराज घिमिरेको सहनिर्देशन रहेको भिडियोलाई सन्तोष साहले सम्पादन तथा जुनिम गहतराजको कलर संयोजन रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: