birat ribon

मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

Neuro
मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा शनिबार राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ ।

cura insider

जिल्ला प्रहरी कार्यालयका अनुसार राति ८ः३० बजेतिर झापाको दमकबाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको थियो । झिलझिले निवासी उनी लाइभकियर फर्मास्युटिकलका प्रबन्धक हुन् ।

शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो । मे ३ प ९८९६ नम्बरको मोटरसाइकलमा सवार ढकाल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसैगरी शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे १ च ५३९६ नम्बरको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे २ प ६९८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

jackson ribon