Rumpum Advertisement

स्पेनमा ५० वर्षयताकै ठूलो आँधी

Neuro
स्पेनमा ५० वर्षयताकै ठूलो आँधी

विराटनगर । स्पेनमा ५० वर्ष यताकै ठूलो आँधी आएपछि त्यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

आँधीसँगै बाक्लो हिमापात पर्दा जनजीवन कष्टकर बन्न थालेको हो । प्राय ठाउँहरुमा २० सेन्टिमिटरसम्म हिउँ परेको सरकारी अधिकारीले जनाएका छन् । स्पेनमा पछिल्लो पटक आएको फिलोमेना आँधी ५० वर्ष यताकै भयानक र ठूलो रहेको बताइएको छ ।

स्पेनको आधा क्षेत्रमा आँधी फिलोमेनाका कारण जोखिम निम्तिन सक्ने भन्दै सचेतना जारी गरिएको छ । आँधीका कारण बस, रेल तथा वायु सेवा प्रभावित भएका छन् । पछिल्लो ५० वर्षकै ठूलो आँधी रहेको आन्तरिक मामिला मन्त्री फेर्नान्दो ग्रान्डी–मार्लास्काले बताएका छन् ।

राजधानी मड्रिडसहितका क्षेत्र फिलोमेना आँधीका कारण बढी प्रभावित भएका छन्। फिलोमेना आँधीका कारण अहिलेसम्म कम्तिमा चार जनाको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: