Rumpum Advertisement

धमाधम पक्राउ पर्न थाले संसदमा हमला गर्ने ट्रम्पका समर्थक

धमाधम पक्राउ पर्न थाले संसदमा हमला गर्ने ट्रम्पका समर्थक

विराटनगर । अमेरिकालाई विश्वमै आलोचित बनाउने गरी अमेरिकी संसदमा भएको हमलामा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

पक्राउ परेकाहरु राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् । ट्रम्पका समर्थक ले गत बुधबार संसदमा हतियारसहित प्रवेश गरेर अन्दाधुन्द आक्रमण गरेका थिए । घटनामा प्रहरी अधिकारीसहित छ जनाको ज्यान गएको बताइएको छ । अहिलेसम्म संसदमा आक्रमण गरेर विध्वंस मच्चाएको घटनामा संलग्न कम्तीमा १७ जना पक्राउ परिसकेका छन् ।

फेस पेन्टसहित सिङ्गयुक्त ‘ह्याट’ लगाएर संसद भवन आक्रमणमा संलग्न व्यक्ति पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनी आधारहिन कन्स्पिरेसी थ्यौरी क्यूएननका फलोअर रहेको जनाइएको छ।

ज्याकोब एन्थोनी चान्स्ली नाम गरेका ती व्यक्ति ज्याक एन्जेलीका रुपमा चिनिन्छन्। उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्। उनीविरुद्ध हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोग दर्ता भएको छ। ज्याकोब एन्थोनीले आफूलाई क्यूएनन शम्यानका रुपमा चिनाउँछन्।

सो आक्रमणका लागि उक्साएको आरोप लागेका राष्ट्रपति ट्रम्प चौतर्फी आलोचनाको केन्द्रमा छन्। उनीमाथि पुनः महाअभियोग लगाउने तयारी समेत भएको छ। बुधबार भएको आक्रमणमा सहभागी भएकाहरुको खोजीका लागि संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले सर्वसाधारणसँग सहयोगका लागि अपिल गरेको छ।

पक्राउ परेका एन्थोनीले अहिलेसम्म आफूमाथि लागेका अभियोगबारे टिप्पणी गरेका छैनन्। यस्तै सभामुख न्यान्सी पेलोसीको मञ्च स्ट्याण्ड बोक्दै गरेको देखिएका व्यक्ति पनि पक्राउ परेका छन्। उनी फ्लोरिडाका ३६ वर्षे एडम जोन्सन रहेको वासिङ्गटन डिसीका संघीय न्यायाधीवक्ताले बताएका छन्। उनीविरुद्ध सरकारी सम्पतीको चोरी तथा हिंसात्मक रुपमा प्रवेश गरेको अभियोग दर्ता भएको छ।

पक्राउ पर्नेमा वेष्ट भर्जिनियाका सांसद डेरिक इभान्स पनि रहेका छन्। उनले भिडियो अनलाइनमा पोस्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: