Rumpum Advertisement

नेपाली गायक बेलायतमा मृत फेला

नेपाली गायक बेलायतमा मृत फेला

लण्डन । एक जना नेपाली गायक बेलायतमा मृत फेला परेका छन् । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका हुन् ।

शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका हुन् ।

केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका उनी पुनः बेलायत आएका थिए । लण्डनको मिलहिल स्कुलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक हुन् । उनले पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरे ।

त्यसपछि उनी लण्डन सरेर स्कुलमा काम गर्दै आएका थिए । उनको मृत्यु आत्महत्या हो या अरुनै केही कारण छ भन्ने बारेमा खुल्न बाँकी रहेको जनाउँदै लण्डन प्रहरीले घटनाको अनुसन्धान थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्: