Rumpum Advertisement

भोजपुरको दुम्मानामा प्रहरी चौकी स्थापना

भोजपुरको दुम्मानामा प्रहरी चौकी स्थापना

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका–९ दुम्मानामा प्रहरी चौकी स्थापना गरिएको छ ।

सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी कृष्ण चन्दले जानकारी दिए । उनका अनुसार चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना जनशक्ति रहने छन् ।

चौकीको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले उद्घाटन गरे । सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखी प्रहरी चौकीको माग गर्दैै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्: