Rumpum Advertisement

सर्वोच्चलाई दबाब नदिऔँ, संसद् पुनर्स्थापना नभए कांग्रेस चुनावमा जान्छ : देउवा

Neuro
सर्वोच्चलाई दबाब नदिऔँ, संसद् पुनर्स्थापना नभए कांग्रेस चुनावमा जान्छ : देउवा

विराटनगर । संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनलाई अदालतले सदर गरे निर्वाचनमा जाने बताएको छ ।

गत १९ पुसको केन्द्रीय समिति बैठकबाटै संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले शनिबार प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा देशभर एकसाथ विरोध प्रदर्शन गरेको हो । काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ बूढानीलकण्ठमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताए । देउवाले सर्वोच्च अदालतमा सो विषयमा मुद्दा परेकाले अदालतले लिने निर्णय भने कांग्रेसले मान्ने बताए । यस विषयमा सर्वोच्च अदालतलाई कतैबाट कुनै प्रकारको दवाव दिन नहुने उनले बताए ।

‘कांग्रेसले बैठकबाटै भनेको छ, संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो, सो विषयमा अदालतमा मुद्दा परेको छ । अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतले के निर्णय गर्छ, कांग्रेस कुर्छ, सदर गरे कांग्रेस निर्वाचनमा जान्छ,’ सभापति देउवाले भने । उनले अदालतलाई अनआवश्यक दबाब नदिन पनि अपिल गरेका छन् ।

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निणर्य गरेको थियो । जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको थियो । राजधानी दैनिकमा समाचार छ