Rumpum Advertisement

मोटरसाइकलले ठक्कर दिँदा उर्लाबारीकी बालिकाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा उर्लाबारीकी बालिकाको मृत्यु

विराटनगर । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मोरङको उर्लाबारीकी एक बालिकाको शनिबार साँझ मृत्यु भएको छ ।

को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि भएको दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ की बीपीसा ओझाकी छोरी ७ वर्षीया अदीति ओझाको ज्यान गएको हो । उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले उर्लाबारी–५ स्थित भित्री पक्की सडक खण्डमा दिउँसो ३ः३० बजेतिर ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए । मोटरसाइकल चालक उर्लाबारी–५ का ५० वर्षीय विनोद अग्रवाल पनि दुर्घटनामा सामान्य घाइते भएका छन् ।

घटनाको अनुसन्धान थालेको प्रहरीले आफ्नो निगरानीमा उर्लाबारीस्थित गोदावरी अस्पतालमा अग्रवालको उपचार जारी राखेर मोटरसाइकललाई भने नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: