Rumpum Advertisement

अतिरिक्त समयमा दुई गोल, आर्सनल अघिल्लो चरणमा

अतिरिक्त समयमा दुई गोल, आर्सनल अघिल्लो चरणमा

विराटनगर । आर्सनल एफए कपको अघिल्लो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्यूकासलमाथि २–० गोलको जित निकाल्दै आर्सनलले चौथो चरणमा स्थान पक्का गरेको हो ।

आर्सनलको मैदान इमिरेट्समा खेलको निर्धारित समय गोलरहित बरारीमा सकिएको थियो । खेलको अतिरिक्त समयमा दुई गोल गर्दै आर्सनलले अघिल्लो चरणमा प्रवेश गरेको हो ।

Pierre-Emerick Aubameyang celebrates with Kieran Tierney

खेलको १०९औं मिनेटमा इमाइल स्मिथ रोवले गोल गर्दै आर्सनलका लागि गोलको खाता खोलेका थिए । ११७औं मिनेटमा पेइरे–इमरिक औबामेयाङले गोल गर्दै आर्सनललाई २–० गोलले जिताए ।

प्रतिक्रिया दिनुहोस्: