विराटनगर । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
शनिबार राति ओसासुनासँग गोलरहित बराबरीमा रोकिएसँगै रियलले शीर्ष स्थानमा उक्लिने अवसर खेर फालेको हो ।
ओसासुनाको मैदानमा भएको खेलमा दुवै टोली गोल गर्न असफल रहे । र, १–१ अङ्क बाँडे ।
यस बराबरीसँगै दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अङ्क जोड्यो । ओसासुना भने १५ अङ्कका साथ १९औं स्थानमा छ ।