Rumpum Advertisement

विश्वमा सङ्क्रमित सङ्ख्या नौ करोड नाघ्यो

Neuro
विश्वमा सङ्क्रमित सङ्ख्या नौ करोड नाघ्यो

विराटनगर । महामारीको रुप लिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या विश्वमा हालसम्म नौ करोड नाघेको छ ।

विभिन्न मुलुकमा तीव्र रुपमा सङ्क्रमण फैलिइरहेका कारण दिन प्रतिदिन सङ्क्रमित सङ्ख्या बढिरहेको छ । विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुने सङ्ख्या पाँच लाख बढी छ । पछिल्लो २४ घण्टामा छ लाख ७८ हजार एक सय १० जना नयाँ बिरामी थपिएपछि आइतबार बिहान ५ः४० बजेसम्ममा सङ्क्रमित सङ्ख्या नौ करोड १० हजार १६ पुगेको हो ।

सङ्क्रमण पुष्टि भएकामध्ये छ करोड ४४ लाख २३ हजार चार सय ४७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड ३६ लाख ५३ हजार पाँच सय ५२ जनाको उपचार जारी रहेकोमा एक लाख आठ हजार पाँच सय ७९ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा केही दिनयता कोरोनाका कारण दैनिक १० हजार बढीको मृत्यु भइरहेको छ । एकै दिन ११ हजार आठ सय ५७ जनाको ज्यान गएको छ । हालसम्म विश्वका विभिन्न मुलुकमा गरेर १९ लाख ३३ हजार १७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म दुई करोड २६ लाख ६८ हजार एक सय ५५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । २४ घण्टाभित्र दुई लाख १७ हजार सात सय ३६ जना नयाँ बिरामी थपिए । सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ३३ लाख ७६ हजार एक सय ४० जना उपचारपछि निको भएका छन् ।

८९ लाख १० हजार नौ सय पाँच जनाको उपचार जारी रहेकोमा २९ हजार ६० जनाको अवस्था गम्भीर छ । अमेरिकामा एकै दिन दुई हजार आठ सय ६५ जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन लाख ८१ हजार एक सय १० पुगेको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड चार लाख ५१ हजार तीन सय ३९ पुगेको छ । एकै दिन १८ हजार आठ सय १३ जना नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये एक करोड ७५ हजार तीन सय ८१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त बनेपछि डिस्चार्ज भइसकेका छन् ।

दुई लाख २४ हजार नौ सय १० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा दुई सय १३ जनाको ज्यान गएसँगै भारतमा हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ५१ हजार ४८ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा हालसम्म ८० लाख ७५ हजार नौ सय ९८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ६० हजार ७८ नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये ७१ लाख ४४ हजार ११ जना उपचारपछि निको भएका छन् । सात लाख २९ हजार तीन सय ३० जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन एक हजार एक सय १५ जनाको मृत्यु भयो । हालसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई लाख दुई हजार छ सय ५७ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

चौथो नम्बरमा रहेको रसियामा हालसम्म ३२ लाख ७९ हजार एक सय तीन जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन २३ हजार तीन सय नौ जना नयाँ बिरामी थपिए । २७ लाख ५४ हजार आठ सय नौ जना उपचारपछि निको भएका छन् । पाँच लाख ६३ हजार नौ सय १३ जनाको उपचार भइरहेकोमा दुई हजार तीन सय जनाको अवस्था चिन्ताजनक छ ।

रसियामा हालसम्म ६१ हजार तीन सय ८१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा चार सय ७० जनाको मृत्यु भयो ।

पछिल्लो समय कोरोना तीव्र रुपमा फैलिइरहेको मुलुक हो बेलायत । त्यहाँ हालसम्म ३० लाख १७ हजार चार सय नौ जनामा कोरोना देखिइसकेको छ । एकै दिन ५९ हजार नौ सय ३७ जना नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये १४ लाख छ हजार नौ सय ६७ जनाको उपचार सम्भव भएको छ ।
१५ लाख २९ हजार पाँच सय ७४ जनाको उपचार जारी रहेकोमा तीन हजार ९८ जनाको अवस्था गम्भीर छ । हालसम्म बेलायतमा ८० हजार आठ सय ६८ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३५ जनाले ज्यान गुमाए । बेलायत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्कै पाँचौं नम्बरमा रहेको मुलुक हो ।