Rumpum Advertisement

नेकपा प्रचण्ड माधव समूहका नेताले भने ‘प्रधानमन्त्री ओली हिटलर जस्तै’

Neuro
नेकपा प्रचण्ड माधव समूहका नेताले भने ‘प्रधानमन्त्री ओली हिटलर जस्तै’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरे ।

जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए ।

कहिलेकाहीं पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरुद्धमा फेरी संघर्ष गर्दै जानुपरेको उनको भनाई छ ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधि सभा सूचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद पनि नहुने र देश प्रतिगमन तर्फ जाने बताए ।

पार्टीहरुबीच संयुक्त संघर्ष गर्नुपर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भएपनि आन्दोलन गर्नुपर्ने उनको भनाई छ ।