Rumpum Advertisement

पूर्व चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री ओलीले भने ‘प्रभावित पार्ने काम नगर्नू’

Neuro
पूर्व चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री ओलीले भने ‘प्रभावित पार्ने काम नगर्नू’

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा चार पूर्व पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

शुक्रबार चार प्रधानन्यायाधीशको सरकारको कदम संविधान विपरित भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका थिए । शनिबार आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् ।

‘केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेछन्’ उनले भने, उहाँहरु सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

स्वतन्त्र न्यायालयलाई कदर गर्नुपर्ने उनको भनाई छ । आफूहरुले न्यायपालिकाविरुद्ध नबोल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: