Rumpum Advertisement

आफू हार्ने चुनाव ओलीले गर्दैनन् : पूर्व प्रधानमन्त्री भट्टराई

आफू हार्ने चुनाव ओलीले गर्दैनन् :  पूर्व प्रधानमन्त्री भट्टराई

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा चुनाव नगराउने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताएका छन् । विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले ओलीले कुनै हालतमा चुनाव नगराउने बताएका हुन् ।

दुई तिहाई बहुमत प्राप्त गर्दा काम गर्न नसकेका ओलीले आफू पत्तासाफ हुने चुनाव गराउन नसक्ने उनको भनाई छ । ‘हिजोको नेकपा चोइटिएको छ ।’ उनले भने ‘ प्रनितिधिसभा विघटन पछि ओलीले चुनाव घोषणा गरेका छन् । तर आफू पत्तासाफ हुने चुनाव कुनै हालतमा गराउन सक्दैनन् ।’

सर्वसत्ताबादी प्रवृति भएका ओलीले स्वतन्त्र न्यायालयमा पनि हस्तक्षेप गरेको उनले बताएका छन् । सार्वजनिक रुपमा अदालतमा धम्कीपूर्ण भाषा प्रयोग गरेको बताउँदै उनले अदालतको फैसला प्रति आस गर्ने अवस्था भएपनि भर पर्ने अवस्था नरहेको बताए ।

‘राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपनि संसद् पूनस्थापना गरेर संसद सूचारु गर्नुपर्छ ।’ उनले भने ‘ त्यसका लागि पनि जनताको खबरदारी आवश्यक पर्छ ।’

अदालतको फैसला संविधान बमोजिन बनाउन पनि जनताको बलमा प्रतिनिधिसभा व्यूताउन जनताको आवाज महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्: