Rumpum Advertisement

लाल–बुझक्कडको कथा

लाल–बुझक्कडको कथा
रामविक्रम थापा

‘लाल–बुझक्कड’ शब्दको अर्थ हुन्छ – डेढ–अक्कली अर्थात् ‘ठीक कुरो थाहा नपाइकन अन्दाजको भरमा बुद्धि लडाउने ।
लालबुझक्कडसम्बन्धी धेरै कथा प्रचलित छन् । ती कैयौँ कथाहरूमध्ये एउटा कथा यस्तो छ ।

विकट पहाडी भेगमा एउटा दुर्गम गाउँ थियो । त्यो गाउँमा सोझा र सीधा मानिसहरू बस्थे । उसकै इसारामा सारा गाउँलेहरू चल्थे । उसले भनेको कुरा सबैले शिरोपर गर्थे, काट्न सक्दैनथे ।
यहाँसम्म कि लाल–बुझक्कडले सेतोलाई कालो र कालोलाई सेतो भन्यो भने पनि मानिसहरू सजिलै पत्याउँथे । हो–हो यो कालै हो भन्थे । ठीक हो, यो सेतै हो भन्दै ताली पिट्थे ।

त्यो सोझो गाउँमा दिनलाई रात र रातलाई दिन पनि सजिलै बनाइदिन्थ्यो लाल–बुझक्कड !

साराको विश्वास–पात्र थियो ऊ । मुखिया र नेतामात्र होइन, साक्षात् भगवान् नै मान्थे उसलाई सबैले । सारा समस्याको समाधानकर्ता थियो ऊ । गाउँमा केही समस्या पर्‍यो कि गाउँलेहरू लाल–बुझक्कडको घर ताकिहाल्थे ।

सर्प त आक्कल–झुक्कल मात्र देखिन्थे र गँड्यौला पनि त्यस्तै नदेखिने त्यहाँ । त्यो गाउँमा भ्यागुता थिएनन् र गाउँलेहरूले भ्यागुतो देखेकै थिएनन् । सपनामा पनि नदेखेको एउटा भ्यागुतो अचानक त्यहाँ देखा परेछ ।

थुइक्क ! लाटा हो ! यति पनि चिनेनौ ? अलिकति घाँस ल्याएर देओ त … यसले घाँस खायो भने यो बाख्रो हो … घाँस खाएन भने यो बाघ हो ।

‘आयो … के हो – के हो’ भन्दै जोडले कराएपछि गाउँभरिका मान्छे त्यहाँ जम्मा भएछन् । कहिल्यै नदेखेको त्यस्तो भ्यागुतो देखेर गाउँलेहरू तीन–छक्क परेछन् । डराउँदै–डराउँदै त्यो भ्यागुतो समातेर चोयाको फुर्लुङमा हालेछन् । अनि यो के चिज रहेछ सोध्नुपर्‍यो भनी सबै गाँउलेहरू लाल–बुझक्कडकहाँ पुगेछन् ।

‘यो के हो प्रभु ? हामीले त चिन्नै सकेनौँ, बताइदिनुप¥यो हजूर !’

गाउँलेहरूको यस्तो कुरा सुनेर छक्क पर्दै लाल–बुझक्कडले त्यो भ्यागुतोलाई निकैबेर हेरेछ । केहीबेरको निरीक्षणपछि लाल-बुझक्कडले गाँउलेहरूलाई भनेछ, ‘थुइक्क ! लाटा हो ! यति पनि चिनेनौ ? अलिकति घाँस ल्याएर देओ त … यसले घाँस खायो भने यो बाख्रो हो … घाँस खाएन भने यो बाघ हो ।’

लाल–बुझक्कडको आदेशानुसार गाउँलेहरूले त्यो भ्यागुतोको छेउमा एक मुठी घाँस ल्याएर राखिदिएछन् । भ्यागुताले घाँस खाएनछ । यो देखेर लाल-बुझक्कडले औँला ठड्याउदै भनेछ, ‘हेर ! देख्यौ ऊ ! यसले घाँस खाएन । त्यसकारण यो बाघ नै हो ।’

‘ए, बाघ पो रहेछ !’ भन्दै सबै गाउँलेहरू आ–आफ्ना घरतिर लागेछन् ।

प्रतिक्रिया दिनुहोस्: