birat ribon

एक्ले भाले

Neuro
एक्ले भाले
पेशल आचार्य

आधार र आधेय रहेछन्
प्रकृति र पुरुष
धातु र प्रत्यय हुन सक्ने रहेछन्
नर र मादा
जीवनका कारकहरुबीच
विभक्तिहरुको खोजीमा
मैले धेरै वर्ष चरीपक्षीको सन्धान गरेको छु
मैले धेरै वर्ष भग र योनीको खोज गरेको छु
जलचर
स्थलचर
उभयचर
र खेचर
सबै सबैमा
रमाउने भनेकै पुरुष रहेछ
पुरुष कहिले सूत्रधार हुने
पुरुष कहिले नायक हुने
पुरुष कहिले देवत्वकरण गरिन चाहने
पुरुष कहिले दानवीकरण पनि भैजाने ।

cura insider

संसारको सार नै
एक्ले भाले रहेछ
जो जहाँ, जहिले र जुनसुकै बेला पनि
पोथीसँग समागम गर्न सक्छ
उद्यत्त हुन्छ ऊ
सर्वदेशीय
सर्वकालीय
वीर्य दानमा ।

माफ गर
संसारका सबै फेमिनिस्ट महोदयहरु मलाई फेरि एकपटक
स्त्रीयोचित विशेषता भनकै
लज्जाबोध
शालीनता
सुशीलपना
र धैर्यता परख नै रहेछ ।

मनुवा त मनुवा भैगयो
चराचर जगत्
कीट पतङ्ग
बोट वनस्पतिमा समेत
किन किन एक्ले भाले
उच्छट नै हुँदो रहेछ
उदण्ड नै जँच्दो रहेछ ।

jackson ribon