Rumpum Advertisement

मिस्टर बिनको भूमिका छोड्दै रोवान एट्किन्सन

मिस्टर बिनको भूमिका छोड्दै रोवान एट्किन्सन

विराटनगर/विश्वप्रसिद्ध हास्यकलाकार रोवान एट्किन्सन आफ्नो नामभन्दा कामले चर्चित छन् । सन् १९९० देखि सुरु भएको विश्वप्रसिद्ध हास्य कार्यक्रम मिस्टर बिनको मुख्य पात्र हुन् रोवान एट्किन्सन अर्थात् मिस्टर बिन ।

उनी अहिले ६६ वर्षको भए । आफ्नो जिन्दगीको आधा उमेर उनले मिस्टर बिन बनेर बिताए । तर अब आफूलाई विश्वव्यापी स्टार बनाउने मिस्टर बिनको भूमिका छोड्ने निर्णय गर्दै छन् रोवान ।

उनी भन्छन्, ‘अब मलाई त्यो भूमिकामा त्यति मजा आउँदैन । जिम्मेवारीको भार आनन्दलाग्दो छैन । मलाई यो तनावलाग्दो र थकाइलाग्दो महसुस हुन लागेको छ । अब म यसको अन्त्य गर्नेबारे सोच्दैछु ।’ यद्यपि उनले कार्टुन सिरिजमा मिस्टर बिनको लागि आवाज दिन भने जारी राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्: