Rumpum Advertisement

सोनु सुदविरुद्ध उजुरी दर्ता

सोनु सुदविरुद्ध उजुरी दर्ता

विराटनगर/अभिनेता सोनु सुदविरुद्ध उजुरी दर्ता भएको छ । अनुमतिविना आफू बसिरहेको घरलाई होटलमा रुपान्तरण गरेको आरोपमा उनीविरुद्ध बीएमसी (बृहन्मुम्बई महानगरिपालिका) ले प्रहरीमा उजुरी दर्ता गरेको हो ।

मिडिया रिपोर्टका अनुसार बीएमसीले अभिनेता सोनु सुदविरूद्ध उजुरी दिनुअगाडि धेरैपटक सूचना पठाएको तर सोनुले उक्त सूचनालाई बेवास्ता गरेको बताइएको छ । अभिनेता सोनु सुदले कोरोना महामारीका कारण समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्दै आएका छन् ।

महाराष्ट्र क्षेत्र र सहर योजना ऐन (एमआरटीपी) को ऐनअन्तर्गत सोनुले बीएमसीबाट अनुमति लिन जरुरी थियो । यद्यपि, सोनुले भने यसो गर्नुपूर्व बीएमसीसँग अनुमति लिएको र उनको कार्य कुनै अनियमितता नभएको बताएका छन् । उनी अहिले महाराष्ट्र सेन्ट्रल जोन म्यानेजमेन्ट अथोरिटी (एमसीजेएमए) बाट स्वीकृति पर्खिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: