Rumpum Advertisement

आँखा सेवाको गुणस्तरलाई थप उचाइमा पुर्‍याउन इरोफकन २०२१ सम्मेलन हुँदै

Neuro
आँखा सेवाको गुणस्तरलाई थप उचाइमा पुर्‍याउन इरोफकन २०२१ सम्मेलन हुँदै

विराटनगर/नेपाल अप्थाल्मिक सोसाइटीको पूर्वी च्याप्टरले चौधौँ वार्षिक सम्मेलनको योजना गर्दै छ ।

आज हुने नेपाल अप्थाल्मिक सोसाइटीको पूर्वी च्याप्टरले चौधौँ वार्षिक सम्मेलन (इरोफकन २०२१) सम्मेलनमा देश तथा विदेशका तीन सयभन्दा बढी नेत्र विज्ञान विशेषज्ञहरूको सहभागिता जनाउने छन् । नेपालको आँखा सेवाको गुण्स्तरलाई थप उचाइमा पुर्‍याउने सम्मेलनको मुख्य विषयवस्तु रहेको आयोजक समितिका अध्यक्ष डा. पुरुषोत्तम जोशीले जानकारी दिएका छन् ।

सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेअनुसार हाइब्रिडरुपमा गरिने यस सम्मेलनमा करिब तीन सयभन्दा बढी नेत्र विज्ञान विशेषज्ञहरूको अनलाइन र भौतिक सहभागिता हुनेछ । सम्मेलनको उद्घाटन विराट मेसिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीको आतिथ्यमा सम्पन्न हुनेछ ।

वैज्ञानिक सत्रमा विभिन्न आँखा रोग, नेत्र विज्ञान विशेषज्ञहरूको तालिम तथा शिक्षा प्रबद्र्धनको विषयमा प्राडा सन्दुक रुइत, प्राडा देवनारायण साहलगायत बिख्यात नेत्र विशेषज्ञहरूको सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरी घोषणापत्र तयार गर्नुका साथै वितरणसमेत गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।