Rumpum Advertisement

विश्वमा एकै दिन १४ हजार सङ्क्रमितको मृत्यु

विश्वमा एकै दिन १४ हजार सङ्क्रमितको मृत्यु

विराटनगर । विश्वमा कोरोना भाइरस सङ्क्रमित १४ हजार बढीको एकै दिनमा मृत्यु भएको छ । कोरोनाका कारण २४ घण्टाभित्र मृत्यु भएको यो सङ्ख्या केही दिनयताकै उच्च हो ।

पछिल्लो २४ घण्टामा १४ हजार ७६ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या १९ लाख २० हजार एक सय ९६ पुगेको छ । विश्वमा हालसम्म आठ करोड ९२ लाख ८९ हजार छ सय ८४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन सात लाख ७८ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमितमध्ये छ करोड ३९ लाख ५६ हजार एक सय एक जना उपचारपछि निको भएका छन् । दुई करोड ३४ लाख १३ हजार तीन सय ८७ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये एक लाख आठ हजार सात सय २८ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टाभित्र तीन हजार तीन सय ८८ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार छ सय १७ पुगेको छ ।

अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोड २४ लाख १८ हजार ६३ पुगेको छ । एकै दिन दुई लाख ६३ हजार ९० जना नयाँ बिरामी थपिए । सङ्क्रमितमध्ये एक करोड ३२ लाख २४ हजार चार सय आठ जना निको भएका छन् । ८८ लाख १६ हजार ३८ जना उपचाररत रहेकोमा २९ हजार चार जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा एक दिनमा दुई सय २९ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५० हजार आठ सय ३५ पुगेको छ । नयाँ १८ हजार चार सय ८१ बिरामी थपिएपछि सङ्क्रमित एक करोड चार लाख ३२ हजार पाँच सय १५ पुगेका छन् ।

सङ्क्रमितमध्ये एक करोड ५५ हजार नौ सय २२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई लाख २५ हजार सात सय ६८ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा एकै दिन एक हजार ४४ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ज्यान गुमाउनको सङ्ख्या दुई लाख एक हजार पाँच सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार दुई सय ४७ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या ८० लाख १५ हजार नौ सय २० पुगेको छ ।

सङ्क्रमितमध्ये ७१ लाख १४ हजार चार सय ७४ जनाको उपचार सम्भव भएको छ । छ लाख ९९ हजार नौ सय चार जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमा तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्: