Rumpum Advertisement

मोन्चेनग्लाडबाचले बायर्नलाई हरायो

Neuro
मोन्चेनग्लाडबाचले बायर्नलाई हरायो

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख पराजित भएको छ । शुक्रबार राति भएको खेलमा मोन्चेनग्लाडबाचले बायर्नलाई ३–२ गोलले हराएको हो ।

मोन्चेनग्डबाचको मैदानमा बायर्नले सुरुआती अग्रता बनाएको थियो । २०औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।

२६औं मिनेटमा लियोन गोरेट्काले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । खेलको ३५ र ४५औं मिनेटमा जोनास होफम्यानले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो । ४९औं मिनेटमा फ्लोरियन नेहासले गोल गर्दै मोन्चेन्ग्लाडबाचको जित सुनिश्चित गरे ।

यससँगै सातौं स्थानको मोन्चेनग्लाडबाचले १५ खेलमा २४ अङ्क जोडेको छ । बायर्न भने ३३ अङ्कका साथ शीर्ष स्थानमा छ ।