Rumpum Advertisement

भिल्लामाथि लिभरपुलको शानदार जित, पाँच मिनेटभित्र तीन गोल

Neuro
भिल्लामाथि लिभरपुलको शानदार जित, पाँच मिनेटभित्र तीन गोल

विराटनगर । एफए कपअन्तर्गत लिभरपुलले एस्टोन भिल्लामाथि जित निकालेको छ । शुक्रबार राति भएको तेस्रो चरणको खेलमा लिभरपुलले भिल्लामाथि ४–१ गोलान्तरको शानदार जित निकालेको हो ।

भिल्लाको मैदान भिल्ला पार्कमा लिभरपुललाई जिताउन साडियो मानेले दुई गोल गर्दा जर्जिनियो विज्नाडम र मोहम्मद सालाहले एक–एक गोल गरे । भिल्लाका ओय बेरीले एक गोल गरे ।

Image

खेलको चौथो मिनेटमा मानेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा बेरीले गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो ।

त्यसपछि लिभरपुलले पाँच मिनेटभित्र तीन गोल गरेको थियो । ६०औं मिनेटमा विज्नाडमले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाउँदा ६३औं मिनेटमा मानेले र ६५औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई जिताए ।

जितसँगै लिभरपुल अर्को चरणमा प्रवेश गरेको छ ।

यस्तै गए राति भएकै अर्को खेलमा वुल्भ्सले क्रिस्टल प्यालेसमाथि १–० गोलको जित निकाल्यो ।