Rumpum Advertisement

‘सिङ्घम ३’ को कथा ‘सूर्यवंशी’ सँग जोडिने

Neuro
‘सिङ्घम ३’ को कथा ‘सूर्यवंशी’ सँग जोडिने

विराटनगर । निर्देशक रोहित सेट्टी ‘सिङ्घम ३’ को तयारीमा लागेका छन् । ‘सिङ्घम’, ‘सिङ्घम रिट्रन्स’, ‘सिम्बा’ र ‘सूर्यवंशी’ पछि निर्देशक सेट्टी आफ्नो पुलिस युनिभर्स सिरिजमा ‘सिङ्घम ३’ लाई जोड्दै छन् ।

मिडिया रिपोर्टका अनुसार ‘सिङ्घम ३’ को कथा सूर्यवंशीसँग जोडिनेछ । फिल्म सूर्यवंशीको क्लाइमेक्समा रोहित सेट्टीले ‘सिङ्घम’ र ’सिम्बा’ को एन्ट्री गराउँदै छन् । फिल्ममा ज्याकी श्रफ एक खतरनाक भिलेनको रूपमा प्रस्तुत हुँदैछन् ।

भारतीय मिडियाका अनुसार फिल्म सूर्यवंशीमा ‘सिङ्घम’ ‘सिम्बा’ र ‘सूर्यवंशी’ मिलेर पनि ज्याकी श्रफलाई हराउन सक्दैन । अन्त्यमा सूर्यवंशीले ज्याकीलाई पक्राउ गर्ने जिम्मा सिङ्घमलाई दिन्छन् र यहीँबाट फिल्म ‘सिङ्घम ३’ को कहानी सुरु हुन्छ ।

सिङ्घम ३ को छायाङ्कन यो वर्षको अन्त्यतिर सुरु हुने बताइएको छ ।