Rumpum Advertisement

नम्रता श्रेष्ठ बनिन् राष्ट्रिय वाणिज्य बैंकको ‘ब्रान्ड एम्बास्डर’

Neuro
नम्रता श्रेष्ठ बनिन् राष्ट्रिय वाणिज्य बैंकको ‘ब्रान्ड एम्बास्डर’

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ ।

बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्द्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौताअनुसार श्रेष्ठ बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी हुन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा ग्राहकहरूमा थप जानकारी दिइ आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।