Rumpum Advertisement

उद्योग मन्त्रालयको टोलीसँग व्यवसायीले भने–‘मेसिनरी सामानको आयातमा छुट देऊ’

उद्योग मन्त्रालयको टोलीसँग व्यवसायीले भने–‘मेसिनरी सामानको आयातमा छुट देऊ’

विराटनगर । प्रदेश १ का व्यवसायीले औद्योगिक मेसिनरी सामानको आयातमा पूर्ण भन्सार छुट दिन आग्रह गरेका छन् । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधिसँगको छलफलमा व्यवसायीहरूले औद्योगिक मेसिनरी सामानको आयातमा पूर्ण भन्सार छुट दिन आग्रह गरेका हुन् ।

प्रदेश १ उद्योग वाणिज्य महासङ्घ सहासङ्घले आयोजना गरेको कार्यक्रममा उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको टोली आएको थियो । सो क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अभिनाश बोहराले औद्योगिक मेसिनरी सामानमा पूर्ण भन्सार छुट दिन आग्रह गरे ।

सीमावर्ती क्षेत्र मिरगञ्जमा रहेको जिर्ण पूलले बर्खामा समस्या निम्त्याउने बताउँदै उनले समयमा नै विकल्प खोज्न आग्रह गरे । उद्योग व्यवसायका लागि धेरै ऐन नियमले गर्दा झन्झटिलो भएको उल्लेख गर्दै उनले सबै ऐनलाई समेट्न गरी एउटै ऐन बनाउनुपर्ने बताए ।

लगानीको क्षेत्रमा वानडोर सिस्टम लागू गर्ने भनिए पनि प्रभावकारी नभएको उनको गुनासो छ । लागू मात्र नभइ साना र मझौला क्षेत्रलाई पनि वानडोर सिस्टमबाट सेवा दिनुपर्ने उनले बताए ।

कार्यक्रममा अलैँचीको निर्यातमा भारतले अफ्ठ्यारो बनाएको व्यावसायीहरूले बताएका थिए । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव घिमिरेले सुझाव कायान्यनका लागि सरकार सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: