Rumpum Advertisement

प्रधानमन्त्री उल्टो बाटोमा हिँडेको भन्दै नेविसङ्घको ‘उल्टो जुलुस’

प्रधानमन्त्री उल्टो बाटोमा हिँडेको भन्दै नेविसङ्घको ‘उल्टो जुलुस’

काठमाडौं । नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङघ)ले शुक्रबार उल्टो हिँडेर संसद् विघटनको विरोध गरेको छ ।

नेविसङ्घका नेता तथा कार्यकर्ताहरू काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजीसमेत गरेका छन् । नेविसङ्घका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिँडेको भन्दै उल्टो हिँडेर साङ्केतिक रूपमा विरोध गरेका हुन् ।

प्रदर्शनमा नेविसङ्घका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमिल्सिना, युवराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: