Rumpum Advertisement

नेपालमा शुक्रबार पाँच सय ५४ सङ्क्रमित थपिए

Neuro
नेपालमा शुक्रबार पाँच सय ५४ सङ्क्रमित थपिए

विराटनगर । नेपालमा शुक्रबार थप पाँच सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा देशभर थप पाँच सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ । हाल पाँच हजार २१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच सय ८५ जना सङ्क्रमित निको भएर घर फर्किएको जनाएको छ । हालसम्म दुई लाख ५७ हजार दुई सय २९ जना निको भइसकेका छन् ।

यस्तै आज थप छ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: