Rumpum Advertisement

संविधानमा हुँदैनभएको अधिकार प्रयोग गरी संसद् विघटन भयो : नेता श्रेष्ठ

Neuro
संविधानमा हुँदैनभएको अधिकार प्रयोग गरी संसद् विघटन भयो : नेता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदैनभएको अधिकारको प्रयोगको हवला दिँदै प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधानमा हुँदैनभएको अधिकारको प्रयोगको हवला दिँदै संविधानमाथि घात गरी प्रतिनिधिसभा विघटन गरेको बताए ।

संविधानको धारा ७६ ले सरकार निर्माणको पाँच वटा विकल्प प्रस्तुत गरेको र सो विकल्पबमोजिम सरकार बनाउन नसके स्वत: प्रतिनिधिसभा विघटन हुने प्रावधानः रहेको भन्दै संविधानको धारा ७६ मा कहीँकतै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताए । प्रतिनिधिसभा विघटन पूर्ण रूपमा अंवैधानिक रहेको बताए ।

प्रधानमन्त्री ओलीको यस कदमलाई पूर्वप्रधानन्यायाधीशहरू, बारका पूर्वअध्यक्षहरू, पूर्वमहानान्याधिवक्ताहरू, सबै कानून व्यवसायीहरू, सबै राजनीतिक पार्टीहरू, बुद्धिजिवीहरू सबैले एकस्वरले असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई राजनीतिक बाध्यता भन्नेगरेको उल्लेख गर्दै श्रेष्ठले कुनैपनि कारणले संविधान मिच्न नपाइने बताए ।

पार्टीभित्र सरकारको काम कारबाहीको सम्बन्धमा छलफल भइरहेको भएपनि कुनै निष्र्कष ननिस्किँदै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ । कुनै राजनीतिक पार्टीको आन्तरिक मामिलाका कारण संविधानको हत्या गर्न नपाइने बताए ।

सवोच्च अदालतले संविधान अनुरुप फैसला गर्ने विश्वास पनि श्रेष्ठले व्यक्त गरे ।संविधानमा हुँदैनभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला सर्वोच्च अदालतले ग¥यो भने संविधान कागजको खोस्टोमा परिणत हुने र समग्र व्यवस्था नै उल्टिई प्रतिगमनको दिशातर्फ जाने खतरा हुने बताए ।