Rumpum Advertisement

ग्यास उद्योगको ट्याङ्की विस्फोट, तीन जना कामदार घाइते

Neuro
ग्यास उद्योगको ट्याङ्की विस्फोट, तीन जना कामदार घाइते

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ भैंसेपाटीमा रहेको गौरीशङ्कर ग्यास उद्योग (हिमाल) को भण्डारण गर्ने नौ सय ८० केजी क्षमताको ट्याङ्की लिकेज भएर विस्फोट हुँदा तीन जना कामदार घाइते भएका छन् ।

शुक्रबार कम्पनीमा काम गरिरहेको समयमा ग्यास लिकेज भइ विस्फोट हुँदा तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

घाइतेमध्ये बनेपा–१३ का ५५ वर्षीय लोकबहादुर खड्काको अवस्था गम्भीर छ । उनको शीर मेमोरियल अस्पताल बनेपामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बर्न अस्पताल कीर्तिपुर रिफर गरिएको छ ।

विस्फोटमा बनेपा–१३ भैंसेपाटीका ७० वर्षीय साइँला भुजेल र सोही स्थानका ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् ।