Rumpum Advertisement

रियलका प्रशिक्षक जिदान आइसोलेशनमा

Neuro
रियलका प्रशिक्षक जिदान आइसोलेशनमा

विराटनगर । स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान सेल्फ आइसोलेशनमा बसेका छन् । सङ्क्रमितको सम्पर्कमा आएपछि बिहीबार नै जिदानको कोभिड १९ परीक्षण गरिएको छ । तर, परीक्षण रिपोर्ट भने आइसकेको छैन ।

जिदान प्रशिक्षणमा फर्किनुअघि कम्तीमा तीन दिन आइसोलेशनमा बसेर कोभिड १९ को परीक्षण गराउनुपर्ने हुन्छ ।

ला लिगाको स्वास्थ्य प्रोटोकल बमोजिम उक्त रिपोर्ट निगेटिभ आएपछि मात्रै जिदान प्रशिक्षणमा सहभागी हुन पाउनेछन् ।

यता, रियलले भने जिदान आइसोलेशन बसेकोबारे कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस ला लिगामा शनिबार रियल मड्रिडले ओसासुनको सामना गर्दैछ । तर प्रशिक्षण सत्रमा जिदान अनुपस्थित रहेको स्पेनिस मिडिया एबीसी न्यूजले उल्लेख गरेको छ ।

हाल रियल ला लिगाको दोस्रो स्थानमा छ । उसले १७ खेलमा ३६ अङ्क जोडेको छ ।