Rumpum Advertisement

दैनिक पाउरोटी खानुहुन्छ भने अवश्य जान्नुहोस् यसको हानी

दैनिक पाउरोटी खानुहुन्छ भने अवश्य जान्नुहोस् यसको हानी

विराटनगर । धेरै मानिसहरू बिहानको नास्तामा पाउरोटी खान मन पराउँछन् । कहिलेकाँही चिया पाउरोटी, पाउरोटीको स्यान्डविचलगायतका तरिकामा पाउरोटीलाई नास्ता तथा खाजामा समावेश गरिन्छ ।

तर, मानिसहरू पाउरोटीको सेवनले स्वास्थ्यलाई बिगार्न सक्छ भन्ने कुराको बारेमा अनजान छन् । सेतो पाउरोटी विशेषगरी स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

पाउरोटीमा नुनको मात्रा उच्च हुन्छ । र, अधिकको सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । पाउरोटीमा उच्च नुनका साथै कार्ब र परिष्कृत चिनी समावेश हुन्छ, जुन स्वास्थ्यको लागि राम्रो मानिँदैन ।

दैनिक पाउरोटीको सेवन गरेको खण्डमा तौल पनि बढ्नसक्ने हुन्छ । पाउरोटीमा कुनै पौष्टिक तत्त्वहरू भेटिँदैनन् । त्यसैले यसले स्वास्थ्यलाई कुनै पनि प्रकारको फाइदा गर्दैन । पाउरोटीमा ग्लुटन हुन्छ, जसले पेटलाई खराब बनाउन सक्छ ।

अत्यधिक पाउरोटी सेवनले कब्जियत हुनुका साथै पेटसम्बन्धी समस्या हुनसक्छ । बजारमा उपलब्ध अधिकांश सेतो पाउरोटीमा फ्रुक्टोज कर्न सुगर उच्च मात्रा हुन्छ । सेतो पाउरोटी बनाउनका लागि प्रयोग गरिने अन्नहरूमा हानिकारक फाइटिक एसिड पनि हुन्छ, जसले शरीरमा क्याल्सियम, फलाम र जस्ता शोषण गर्ने प्रक्रियालाई अवरुद्ध गर्छ ।

पाउरोटीको एक टुक्रा खाएको कारण कुनै हानी भने हुँदैन । तर, यसको नियमित सेवनले स्वास्थ्यमा नराम्रो असर पार्छ । धेरै व्यक्ति बिहानको नास्ता पाउरोटीको सेवन गरी दिनको सुरुआत गर्छन्, जसले बिस्तारै स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस्: