Rumpum Advertisement

‘केजिएफ च्याप्टर–२’ को टिजर सार्वजनिक (भिडियोसहित)

Neuro
‘केजिएफ च्याप्टर–२’ को टिजर सार्वजनिक (भिडियोसहित)

विराटनगर । बहुप्रतीक्षित फिल्म ‘केजिएफ च्यापटर–२’ को टिजर सार्वजनिक भएको छ । रकिङ स्टार यशको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

दुई मिनेट लामो टिजरमा फिल्मको मुख्य पात्र यशका अलवा सञ्जय दत्त, रविना टन्डन र श्रीनिधि श्रेट्टीलाई प्रस्तुत गरिएको छ । केजीएफ च्यापटर १ ले कन्नड सिनेमा उद्योगलाई एक नयाँ उचाइमा पु¥याएको थियो ।

बलियो कन्टेन्ट र दमदार डाइलगका कारण फिल्मले दर्शकको मन जित्न सफल भएको थियो । फिल्मको दुई वटा गीत ‘सलाम रकी भाइ’ र ‘गली गली’ ले दर्शकलाई फिल्मतर्फ आकर्षित गरेको थियो ।

फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्मको कहानी त्यहीँबाट सुरु हुनेछ, जहाँ भाग १ को अन्त्य भएको थियो । च्यापटर १ मा रकी भाइ (यश) ले फिल्मको भिलेन गरुणालाई मारेर केजिएफमा राज गरेको देखाइएको थियो ।

अब केजिएफ च्यापटर २ मा पावरको लागि फेरि एकपटक रकी यश को सामना अधिरा ( सञ्जय दत्त) सङ्ग हुँदैछ । फिल्मको प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।