Rumpum Advertisement

प्रधानमन्त्री ओली धनगढीमा, टायर बालेर विरोध प्रदर्शन

प्रधानमन्त्री ओली धनगढीमा, टायर बालेर विरोध प्रदर्शन

धनगढी । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् । धनगढीको खुलामञ्चमा नेकपाले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न उनी शुक्रबार दिउँसो श्री एयरलाइन्सको नियमित उडानमार्फत धनगढी आइपुगेका हुन् ।

प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गरेर धनगढीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । प्रधानमन्त्रीको स्वागतका लागि धनगढी विमानस्थलमा नेकपाका नेता, कार्यकर्ताहरू आइपुगेका छन् ।

टायर बालेर प्रदर्शन

प्रधानमन्त्री धनगढी नपुग्दै विरोध सुरु भएको थियो । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुल्लामञ्चनजिक प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत अनेरास्ववियुले प्रधानमन्त्रीको विरोधस्वरुप टायर बालेको हो । ओलीलाई ६ ठाउँमा कालोझण्डा देखाउने कार्यक्रम रहेको अनेरास्ववियुका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्: