Rumpum Advertisement

जाडोमा ऊनीको लुगा लगाएर सुत्नु हुँदैन

Neuro
जाडोमा ऊनीको लुगा लगाएर सुत्नु हुँदैन

विराटनगर । जाडो मौसममा अधिकांश मानिस मोटो तथा बाक्लो ऊनी लुगा लगाएर चिसोबाट जोगिन कोशिस गर्छन् । जाडो मौसममा घरबाहिर जाँदा चिसोबाट बच्नका लागि ऊनीको लुगा लगाइन्छ ।

तर केही मानिसहरू ऊनीको लुगा लगाएरै राति सुत्छन् । ऊनीको लुगा लगाएरै सुत्नु स्वास्थ्यको लागि राम्रो मानिँदैन । यति तपाईं पनि सुत्ने बेलामा मोटो ऊनीको लुगा लगाएर सुत्नु हुन्छ भने यसको बेफाइदा जान्नुहोस् ।

रातको समयमा चिसोबाट बच्नका लागि सिरक ओड्दासमेत मानिसहरू सुत्ने बेलामा आफूलाई न्यानो कपडा (ऊनीको स्वेटर वा टाइट ज्याकेट), मोजा तथा टोपी लगाएर सुत्छन् । यति धेरै प्कराकारका न्यानो लुा लगाएर सुतेको अवस्थामा शरीर तातो हुन्छ, जसकारण बेचैन हुने, डर लागेको जस्तो हुने, रक्तचापको समस्यासमेत हुन सक्छ ।

अत्याधिक न्यानो भएपछि शरीरमा पसिना आउन थाल्छ । ऊनीको लुगा पसिनाले राम्रोसँग शोषण गर्दैन । र ब्याक्टेरियल सङ्क्रमण हुने सम्भावना रहन्छ । राति सुत्दा मोटो ऊनीको लुगा लगाएर सुत्दा छालामा एलर्जी र चिलाउने समस्या पनि उत्पन्न हुनसक्छ ।

यसबाहेक, छाला सुक्खा हुनेहरूले ऊनीको लुगा लगाएर सुत्दा छाला तन्किन्छ जसकारण सुन्निने, छालामा दाग, दानाको समस्या हुन सक्छ । त्यसैले जाडोमा सुत्ने समयमा ऊनीको स्वेटर लगाउनु राम्रो हुँदैन । स्वेटर लगाउनुअघि छालालाई सक्खा हुन नदिन र नरम बनाइराख्न शरीरमा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

मोजा लगाएर सुत्ने बानी छ भने ऊनी मोजोको सट्टा सुतिको मोजा लगाउनु पर्छ । सुतिको मोजाले पसिना राम्रोसँग अवशोषित गर्छ र ब्याक्टेरियालाई बढ्न नदिई सङ्क्रमणको जोखिमलाई कम गर्छ ।