Rumpum Advertisement

लिभरपुललाई एस्टोन भिल्लाको चुनौती

लिभरपुललाई एस्टोन भिल्लाको चुनौती

विराटनगर । एफए कपअन्तर्गत आज राति लिभरपुलले एस्टोन भिल्लासँग खेल्दैछ । नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने यो खेल भिल्लाको मैदानमा हुनेछ ।

भिल्ला पार्कमा हुने खेलमा लिभरपुल घरेलु टोलीलाई हराउँदै अल्लिो चरणमा प्रवेश गर्ने दाउमा हुनेछ ।

पछिल्ला सात भेटमा भिल्लामाथि लिभरपुल हाबी भएकाे छ । पछिल्ला सात भेटमध्ये लिभरपुलले छ खेलमा जित निकालेको छ । तथापि, २०१५ को सेमिफाइनलमा भने लिभरपुल भिल्लासँग २–१ गोलले स्तब्ध भएको थियो ।

आजको अर्को खेलमा वुल्भ्स र क्रिस्टल प्यालेसले खेल्दैछन् । राति १ः३० बजेबाटै सुरु हुने सो खेल वुल्भसको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: