Rumpum Advertisement

मलाई मेस्सीको देब्रे खुट्टा अनि रोनाल्डोको जित्ने चाहना मन पर्छ : हाजार्ड

Neuro
मलाई मेस्सीको देब्रे खुट्टा अनि रोनाल्डोको जित्ने चाहना मन पर्छ : हाजार्ड

विराटनगर । स्पेनिस क्लब रियल मड्रिडका स्टार इडेन हाजार्डले बिहीबार (७ जनवरी)मा आफ्नो ३०औं जन्मदिन मनाएका थिए । जन्मदिनका बेला बेल्जियन स्टार हाजार्डले आफूलाई मन पर्ने तीनजनाको नाम लिएका थिए ।

हाजार्डले बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो र क्लबका प्रशिक्षक जिनेदिन जिदान आफूलाई मन पर्ने जना रहेको उल्लेख गर्दै तीनैजनाबाट विशेष कुराहरू मन पर्ने उल्लेख गरे ।

उनले भने, ‘मलाई मेस्सीको देब्रे खुट्टा मन पर्छ, रोनाल्डोको जित्ने चाहना अनि जिदानको स्तर । रोनाल्डो जितका भोका हुन्छन्, जहिल्यै गोल गर्न इच्छा राख्छन् अनि सधैं ट्रफी जित्न चाहन्छन् । मलाई यहीँ कुरा मन पर्छ ।’

‘जिदानको स्तर मन पर्छ, मैले उनीसामु यो कुरा राखिसकेको छु । मसँग पनि मेरो स्तर छ, तर उनीसँग धेरै राम्रो स्तर छ,’ हाजार्डले थपे ।