Rumpum Advertisement

स्मिथको शतक, भारतविरुद्ध अस्ट्रेलियाको तीन सय ३८ रन

Neuro
स्मिथको शतक, भारतविरुद्ध अस्ट्रेलियाको तीन सय ३८ रन


विराटनगर । अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्ट खेलको पहिलो पारीमा तीन सय ३८ रनको औसत योगफल तयार गरेको छ । मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले शतकीय पारी खेलेपछि उसले औसत योगफल तयार गर्न सफल भएको हो ।

दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा एक सय ६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले थप एक सय ८२ रन जोड्दै पहिलो पारीमा तीन सय ३८ रनमा समेटिन पुग्यो ।

अस्ट्रेलियाको पारीमा मध्यक्रमका ब्याट्सम्यान स्मिथले सर्वाधिक एक सय ३१ रन बनाए । टेस्ट क्रिकेटमा आफ्नो २७औं शतक पूरा गरेका उनी भारतीय अलराउण्डर रबिन्दर जडेजाबाट आउट भए ।

ओपनर डेविड वार्नर पाँच रनकै ब्यक्तिगत योगफलमा पेभेलियन फर्केपनि अर्का ओपनर विल पुकोस्कीले ६२ रनको योगदान दिए । मार्नस लबुस्नेले ९१ रन बनाए ।

भारतका लागि जडेजाले सर्वाधिक चार विकेट लिए भने जसप्रित बुमराह र नवदीप सैनीले सामान दुई–दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।

शुक्रबार नै आफ्नो पहिलो पारीको सुरुखात गरेको भारतले सम्हालिएको सुरुवात गरेको छ । उसले दोस्रो दिनको खेल जारी रहँदा बिना कुनै क्षतिमा ४२ रन जोडेको छ ।

सिड्नीमा टस जितेर अस्ट्रेलियाले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । चार म्याचको टेस्ट श्रृखंला १–१ को बराबरीमा छ ।