Rumpum Advertisement

बेजोसलाई उछिन्दै इलोन बने विश्वकै सबैभन्दा धनी व्यक्ति

बेजोसलाई उछिन्दै इलोन बने विश्वकै सबैभन्दा धनी व्यक्ति

विराटनगर । टेस्ला र स्पेसएक्स उद्यमी इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ देखि विश्वकै सबैभन्दा धनी व्यक्ति रहँदै आएका अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

बिहीबार विद्युतीय कार कम्पनी टेस्लाको सेयर मूल्य बढेपछि मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् । मस्कको कुल सम्पत्ति एक सय ८५ अर्ब डलरभन्दा बढी रहेको छ ।

दैनिक विश्वको पाँच सय धनी व्यक्ति ट्र्याक गर्ने ब्लूमबर्ग अरबपति इन्डेक्स अनुसार टेस्लाको सेयर मूल्यमा चार दशमलव आठ प्रतिशत वृद्धिको कारण मस्कलाई शीर्ष स्थानमा पु¥याउन पर्याप्त थियो ।

मस्कले आफ्नो सम्पतीको आधा भाग पृथ्वीमा हुने समस्यामा मद्दत गर्न र आधा मङ्गल ग्रहमा एक आत्मनिर्भर शहर स्थापना गर्ने (पृथ्वी नष्ट भएमा जीवनको निरन्तरता सुनिश्चित गर्न) बताएका छन् ।

विद्युत्तीय कारहरूको माग बढेको कारण टेस्लाको सेयर मूल्य यस वर्ष सात गुणा बढी बढेको हो । टेस्लाको २० प्रतिशत सेयर स्वामित्व पाएका इलोन सन् २०२० को सुरुमा विश्वको धनी व्यक्तिको सूचीमा ३५औं नम्बरमा रहेका थिए ।

जेफ बेजोसको सम्बन्ध विच्छेदका कारण बेजोसकी पूर्व–श्रीमतीलाई सम्पत्ति दिएको कारण पनि मस्क शीर्ष स्थानमा पर्न सकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: