Rumpum Advertisement

दस महिनापछि कुस्तीको प्रशिक्षण सुचारु हुँदै

Neuro
दस महिनापछि कुस्तीको प्रशिक्षण सुचारु हुँदै

काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीको प्रशिक्षण दस महिनापछि पुनः सुरु हुने भएको छ । कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।

महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण सुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिए ।

कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला सुरु हुन लागेको बताउँदै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने बताए ।

कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जितेकी थिइन् ।