Rumpum Advertisement

इटहरीमा ‘फिल्म मेकिङ वर्कसप’ सम्पन्न

इटहरीमा ‘फिल्म मेकिङ वर्कसप’ सम्पन्न

इटहरी । इटहरीमा तीन दिने ‘फिल्म मेकिङ वर्कसप’ सम्पन्न भएको छ । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजनामा सो वर्कसप सम्पन्न भएको हो ।

पछिल्लो समय भिडियो तथा फिल्म निर्माणमा नयाँ पुस्ताको लगाब निकै बढिरहेको अवस्थामा यस तालिमको आयोजना गरेको वर्कसपका प्रशिक्षक लुज सिंह बताउँछन् ।

चलचित्र क्षेत्रमा रुचि भएकाहरूका लागि भनेर खुलेको तालिममा चलचित्रकर्मीसहित लगभग २० जना सहभागिता भएका थिए । प्रशिक्षक लुजले आफ्नो केही अनुभव साट्दै वर्तमान अवस्थाको सिने जगत पहिलेभन्दा धेरै फरक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: