Rumpum Advertisement

हिमपातका कारण रोकियो विकास निर्माण

Neuro
हिमपातका कारण रोकियो विकास निर्माण

मनाङ / चिसो र हिमपातका कारण हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ ।

चिसो बढेसँगै जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ ।

हिमपातमा मानिस जसोतसो घरभित्र रहे पनि पशुचौपायलाई पाल्न मुस्किल भएको पशुपालक किसान चोल्पा गुरुङले बताए । उनका अनुसार माथिल्लो मनाङ खांसार मनाङगाउँलगायतका ठाउँमा निर्माण भइरहेका काम पनि रोकिएका छन् ।

बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकासका प्रमुख नवीनचन्द्र अधिकारीले बताए ।

पाँच वर्षदेखि अलपत्र रहेका मनाङका खोलामा पक्की मोटरपुल अझै निर्माण सम्पन्न भएको छैन ।/रासस