Rumpum Advertisement

संसदमा भएको हमला अमेरिकी इतिहासकै कालो दिन

Neuro
संसदमा भएको हमला अमेरिकी इतिहासकै कालो दिन

विराटनगर । अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको हमलालाई नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले इतिहासकै सबैभन्दा कालो दिन भनेका छन् ।

डेलावेयरमा आफ्नो सम्बोधनमा गत बुधबार भएको घटनाको प्रशंगत केलाउँदै उनले भने, ‘यो हाम्रो इतिहासमा सबैभन्दा कालो दिनमध्ये एक हो ।’ बाइडेनले घटनालाई अराजकताको परकाष्ट पनि भनेका छन् । कुनै विकार र असन्तोष नभइकन हुलदंगा तथा भीडभाड गर्ने समूहलाई उत्तेजित पारिएको उनले बताए ।

यो घटना ट्रम्पले गराएको र संसदमा आक्रमण गर्नेलाई प्रदर्शनकारी भन्न नमिल्ने बाइडेनको तर्क छ । आक्रमणकारीलाई उनले घरेलु आतंकवादीको संज्ञा पनि दिएका छन् । उनले भने, ‘म भन्न चाहन्छु कि हामीले भन्न सक्थ्यौं कि यो देख्न सकेनौं, तर वास्तविकता यो होइन । हामी यो देख्न सक्छौं ।’

उनले भने, ‘पछिल्लो चार वर्षमा हामीसँग यस्ता राष्ट्रपति थिए जसले हाम्रो लोकतन्त्र, हाम्रो संविधान, हाम्रो नियम कानूनको अवमूल्यन गरेका छन् । उनले हाम्रो लोकतान्त्रिक संस्थामाथि हमला गरेका छन् ।’ जो बाइडेनले आफ्नो बुधबार क्यापिटल बिल्डिङ बाहिर जम्मा भएका प्रदर्शनकारीलाई रंगका हिसाबले प्रहरीले खासै कडा व्यवहार नदेखाएको दाबी पनि गरेका छन् ।

उनले भने, ‘कसैले मलाई बताउन सकेनन् कि यदि संसद भवनमा हमला गर्ने हिजो त्यहि ब्लाक लाइभ्स म्याटर अभियानका प्रदर्शनकारी हुन्थे भने उनीहरुमाथि बिल्कुल भिन्न व्यवहार हुन्थ्यो ।’ अमेरिकी संसदमा ट्रम्पका समर्थकले गराएको घटनालाई अन्तर्राष्ट्रिय समुदायले पनि विरोध गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले उक्त घटना अमेरिकी संसदमा इतिहासकै कालो दिन भएको जनाएका छन् ।