Rumpum Advertisement

कच्ची सडकमा ट्रक पल्टिँदा सह–चालकको मृत्यु

कच्ची सडकमा ट्रक पल्टिँदा सह–चालकको मृत्यु

विराटनगर । इलामको माङ्सेबुङ् गाउँपालिकाको भोटेडाँडामा बिहीबार साँझ ट्रक पल्टिएर भएको दुर्घटनामा सह–चालकको मृत्यु भएको छ ।

रवि–दमक कच्ची सडक खण्डअन्तर्गत रविबाट दमकतर्फ आउँदै गरेको ना ३ ख २०३ नम्बरको ट्रक साँझ ६ बजेतिर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा सह–चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घाइते भएका छन् । उनको उपचार जारी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: