Rumpum Advertisement

ट्रम्पलाई महाअभियोग लगाउन छलफल

ट्रम्पलाई महाअभियोग लगाउन छलफल

विराटनगर । अमेरिकी संसदमा आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साएको आरोप खेप्दै आएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउन छलफल सुरु भएको छ ।

घटनामा ट्रम्प जिम्मेवार रहेकोभन्दै कारवाहीको आवाज उठ्न थालेपछि उनीविरुद्ध महाअभियोग लगाउन छलफल हुन थालेको हो । उनलाई पदबाट हटाउने विषयमा डेमोक्रेट सांसदहरुले छलफल थालेका छन्। सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई पदबाट हटाउने विषयमा डेमाक्रेट नेताहरु आफ्नो निरन्तर सम्पर्कमा रहेको बताएकी छन्। उनले भनिन्, ‘ट्रम्पको राजद्रोहको कदमका कारण संसद उनीविरुद्ध महाअभियोग लगाउन बाध्य हुनसक्नेछ।’

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफू ह्वाइटहाउसबाट बाहिरिएपछि आफू र आफ्ना परिवारविरुद्ध अनुसन्धान सुरु गर्ने सम्भावना बढेपछि ट्रम्पले चिन्ता व्यक्त गरेको बताइएको छ। उनले आफू र आफ्ना छोराछोरीलाई आममाफी दिने विषयमा वकिलहरुसँग छलफल गरेका छन्।

ट्रम्पले आफूले आफैंलाई क्षमादान दिने अधिकार भए नभएकोबारे कानुनी राय मागेको बताइएको छ। उपराष्ट्रपति माइक पेन्सले २५ औं संसोधनका आधारमा ट्रम्पलाई पदमुक्त नगरे अर्को महाअभियोग लगाउने हाउस स्पीकर न्यान्सी पेलोसीले चेतावनी दिएकी छिन्। राष्ट्रपति काम गर्न अयोग्य भएको खण्डमा क्याबिनेटको बहुमतले २५ औं संसोधनका आधारमा पदमुक्त गर्नसक्ने प्रावधान रहेको छ। ट्रम्पको कार्यकाल जनवरी २० सम्म छ।

अमेरिकी संसदमा हिंसात्मक घटना गराएको आरोप उनीमाथि छ । उनका समर्थकले बाइडेनको जितलाई मान्यता दिने तयारी भइरहेका बेला संसदमा हुलदंगा र तोडफोड एवं आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: