Rumpum Advertisement

कोरोना त्राससँगै टोकियोमा आपतकाल

कोरोना त्राससँगै टोकियोमा आपतकाल

विराटनगर । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेसँगै बढेकोे त्रासका कारण जापानको राजधानी टोकियोमा त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

एक महिनाका लागि सरकारद्धारा घोषित आपतकाल आज (शुक्रबार)बाट लागु हुँदै छ । कोरोना थप फैलन नदिन र नियन्त्रण गर्नका लागि अपातकाल घोषणा गर्नुपर्ने अवस्था आएको जापानी प्रधानमन्त्री योशिहिदे सुगा स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गरको विभिन्न सञ्चार माध्यमले जनाएक्का छन् । आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री र अन्य वस्तुहरु अनलाइनमार्फत किनबेच गर्नेगरी व्यापार व्यवसाय सञ्चालन गर्न पनि सरकारले अनुरोध गरेको छ।

आपतकाल लगाइएको टोकियोमा रहेका होटल र रेस्टुरेन्टमा प्रत्येक दिन साँझ ७ बजेपछि मदिरा बिक्रीमा रोक लगाइएको छ । रातिको समयमा पसल र व्यवसाय सञ्चालन गर्न पाइने छैन । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि सरकारले सबैमा अनुरोध गरेको छ।

युरोपका शहरमा कोरोनाको दोस्रो लहर सुरू भएको छ। बेलायत, अमेरिका लगायत देशमा पछिल्लो पटक भेटिएको कोरोना भाइरस निक्कै खतरनाक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्: