Rumpum Advertisement

एम्बाप्पेमा सुधार आवश्यक : मौरिसियो

एम्बाप्पेमा सुधार आवश्यक : मौरिसियो

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रशिक्षक मौरिसियो पोचेटिनोले आफुना स्ट्राइकर किलियन एम्बाप्पेमा सुधारको आवश्यक रहेको बताएकबा छन् । बुधबार राति भएको एसटी इटेन्नीसँगको खेलमा एम्बाप्पे प्रभाव छोड्न सफल भएको उल्लेख गर्दै मौरिसयोले अझै पनि सुधारको आवश्यक रहेको बताएका हुन् ।

पिएसजी नयाँ वर्ष २०२१ को पहिलो खेलमै बराबरीमा रोकिएको हो । साविक विजेता पिएसजी इटेन्नीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । इटेन्नीको मैदानमा घरेलु टोलीका लागि रोमेन हमौमाले र पिएसजीका लागि मोइसे किनले गोल गरेका थिए । बराबरीसँगै १८ खेलमा ३६ अङ्क जोडेर पिएसजी दोस्रो स्थानमा उक्लिएको छ । इटेन्नी भने १९ अङ्कका साथ १४औं स्थानमा छ ।

पिएसजीले नवनियुक्त प्रशिक्षक मौरिसियोको नेतृत्त्वमा पहिलो खेल खेलेको थियो । अर्जेन्टिनी कोच मौरिसियो हालै मात्र थोमस टुचेलको स्थानमा पिएसजी आएका हुन् । उनी पिएसजीका पूर्वखेलाडीसमेत हुन् ।

‘किलियनलाई सुधारको आवश्यक छ, जसरी अरु खेलाडीलाई पनि छ’, उनले भने, ‘एम्बाप्पे सायद निराश थिए होलान् किनकि हामाीले जित्न सकेनौं । उनले सधैं उत्कृष्ट गर्न सक्छन् । उनको व्यवहार पनि राम्रो थियो । उनले जे गरे त्यसमा म खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्: