Rumpum Advertisement

संसद् विघटनको विषयमा प्रचण्ड–माधव समूहद्वारा विज्ञसँग छलफल

संसद् विघटनको विषयमा प्रचण्ड–माधव समूहद्वारा विज्ञसँग छलफल

काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको सम्बन्धमा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूसँग छलफल गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् रूपमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेपछि अलगअलग भेला बैठक गरिरहेको प्रचण्ड–माधव समूहले सङ्घर्षका आगामी कदमबारे बुद्धिजीवीहरूसँग धारणा मागेको छ ।

बिहीबार काठमाडौंको एक होटलमा भएको अन्तर्क्रियामा बुद्धिजीजीहरूले सरकारको कदमको विरोध गर्दै जनतामा जान सुझाव दिएका छन् । यस्तै जनतामा जाँदा आफ्ना कमिकमजोरीहरू र प्रतिवद्धताहरू खुलस्त रूपमा राख्न पनि सुझाव दिएका छन् । कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समीक्षा गरी गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाव दिएका छन् ।

गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि बताए । आफू पतन हुँदै लोकतन्त्रलाई पनि पतन गराउने हो की भन्ने खतरा रहेको पनि पहाडीले बताए । यस्तै सरकारले वैशाखमा चुनाव गर्ने कुनै मनसाय नराखेको स्पष्ट हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्: