Rumpum Advertisement

‘एउटा यस्तो प्रेम कहानी’ लाई प्रचारको अभाव

‘एउटा यस्तो प्रेम कहानी’ लाई प्रचारको अभाव

विराटनगर । शिव श्रेष्ठको प्रस्तुती रहको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ आगामी माघ १ गतेबाट प्रदर्शन हुँदैछ । यही फिल्मबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गर्दैछिन् ।

कोभिड १९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा निर्माण टिम फिल्म रिलिजको तयारीमा जुटिरहेका छन् । फिल्मको दुईवटा गीत र दुईवटा टिजर सार्वजनिक भइसकेका छन् तर दर्शकबाट अपेक्षा गरेअनुसार प्रतिक्रिया पाउन सकेको छैन ।

सिनेमा हलहरू सञ्चालनमा आएसँगै फिल्मले आफ्नो रिलिज मिति सार्वाजनिक गरेको थियो । रिलिज मिति नजिकिँदै गर्दा पनि फिल्मको प्रचारमा निर्माण टिमले ध्यान नदिएको देख्न सकिन्छ ।

कुनै नयाँ फिल्मको गीत, पोस्टर वा रिलिज मिति नजिकिँदै गर्दा अन्य चलचित्रकर्मीहरूले निर्माण टिमलाई बधाई दिँदै वा आफ्नो प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा फिल्मको प्रचार गर्ने चलन छ । तर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’लाई सबैले वेवास्ता गरेको देखिएको छ ।

फिल्म हेर्न दर्शक हलसम्म आउछन् वा आउँदैन्न भन्न सकिँदैन । हल सञ्चालक र वितरकहरूले पनि फिल्मको प्रचारलाई वेवास्ता गरेको पाइएको छ । अझै पनि फिल्मको प्रचारमा निर्माण टिमले ध्यान नदिए फिल्मको लगानी जोगाउन पनि कठिन पर्नसक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: