Rumpum Advertisement

उपप्रधानमन्त्री पोखरेल भन्छन् : मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छ

Neuro
उपप्रधानमन्त्री पोखरेल भन्छन् : मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगाव कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् ।

सिन्धुपाल्चोकको खाडीचौरमा बिहीबार आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्य पोखरेलले यस्तो बताएका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान हुने बताएका छन् ।

ताजा जनादेशका लागि गरिएको प्रक्रिया कायमै रहने जनाउँदै उनले वैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे ।