Rumpum Advertisement

माघ सात गतेबाट महिला लिग सुरु हुने

माघ सात गतेबाट महिला लिग सुरु हुने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल लिग सात माघबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले माघको पहिलो साताबाट महिला लिग सुरु हुने जनाएको छ ।

विगतमा महिला लिग छ महिनासम्म सञ्चालन गर्ने बताए पनि कोरोना भाइरसको महामारीका कारण यस वर्ष ढिला गरी सुरु हुन लागेकाले एक महिना मात्रै चल्ने एन्फाले जनाएको छ ।

एन्फाका अनुसार सात माघदेखि सुरु हुने लिग सात फागुनसम्म चल्नेछ । प्रतियोगितामा सात टिमको सहभागिता रहने पनि जनाइएको छ । प्रतियोगितामा कुल ४२ खेल हुनेछन् ।

तीन वटा विभागीय टिम र चार वटा नगरस्तरीय टिमले यो लिग खेल्ने एन्फाले जनाएको छ । डबल राउन्ड रोविन लिगमा प्रतियोगिता सञ्चालन हुनेछ ।

यो वर्षबाट नै विभागीय टिमबाहेकका अरू ४ क्लबले ४ जना विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् । यस पटक महिला लिगको पुरस्कार राशी बढाइने जनाइएको छ ।

यो पटक महिला लिगको विजेताले १५ लाखपाउने छन् । दशरथ रङ्गशाला तथा सातदोबाटो, एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने लिग डबल राउन्ड रोविन फर्म्याटका आधारमा हुनेछ ।

यही प्रतियोगिताका बेला पुरुष राष्ट्रिय टिमको प्रशिक्षण पोखरामा गरिने भएको छ । यसका लागि एन्फाले सबै व्यवस्था मिलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: